aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

मिनीट्रक दुर्घटनाहुँदा चार गम्भीर घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
मिनीट्रक दुर्घटनाहुँदा चार गम्भीर घाइते

डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा बा२क २७३९ नम्बरको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार गाउँपालिकामा निर्माणाधीन मौरासेन सेती हाइड्रोपावरमा काम गर्ने कामदार लिएर आउँदै गरेको मिनीट्रक आज दुर्घटना भएको हो ।

घाइते हुनेमा निर्माण व्यवसायीसमेत रहेका बाँकेको राजापुर–२ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिंह, बाँकेको गुरुवा गाउँपालिका–५ बयलपुरका मिनीट्रक चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका–६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ रहेका छन् ।

घाइतेमध्ये मल्लको दाहिने खुट्टा भाँच्चिएको छ भने छातीमा गम्भीर चोट लागेको तथा सिंहको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते चारै जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक बोहराले बताए । गाडी सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको छ । रासस

प्रतिक्रिया दिनुहोस