
बुटवल । पाल्पाका चार दिनअघि वेपत्ता भएका दुई बालकको शव आज फेला परेको छ ।
पाल्पामा कालिगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ । रामपुर नगरपालिका–१० सिकोडाँडाका १० वर्षीय सुनिल भट्टराई र सोही उमेरका समिर चापागाईको शव फेला परेको हो ।
यहि जेठ ४ गते दिउँसो एक बजे पौडी खेल्नेक्रममा उनीहरू रामपुर नगरपालिका–१० मलौटेस्थित कालीगण्डकीमा बेपत्ता भएका थिए । खोजी गर्नेक्रममा ४ दिनपछि उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।
दुवैजनाको शव केलादीस्थित नदी किनारमा फेला परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस