aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । 

देवकोटाका अनुसार नयाँ थपिएका रुपन्देहीका एक जना पुरुष र झापाका ८ जना पुरुष रहेका छन् ।  

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । त्यस्तै ४९ जना निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस