
काठमाडौं । मौसम पुर्वानूमान महाशाखाले आज दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने संभावना रहेको जनाएको हो ।
मौसमविदका अनुसार हिजो पूर्व र मध्य क्षेत्रमा पानी पारेको अंपुन चक्रवातको प्रभाव अहिले कमजोर भएर न्यूनचापीय प्रणाली बनेको छ । अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुले पनि यही प्रणाली र स्थानीय वायुको प्रभावले आज पूर्वका थोरै तथा मध्य र पश्चिमी पहाडका एकदुई ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस