aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

केही बेरमा मन्त्रीपरिषद बैठक बस्दै, यस्ता छन् महत्वपूर्ण दुई एजेन्डा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
केही बेरमा मन्त्रीपरिषद बैठक बस्दै, यस्ता छन् महत्वपूर्ण दुई एजेन्डा

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक विहान १० बजे बस्न लागेको हो ।

बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या समाधानलगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।

केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना छ । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस