aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

निलम्बित सांसद आलमको घरमा प्रहरीको छापा, १२ राउन्ड हवाईफायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
निलम्बित सांसद आलमको घरमा प्रहरीको छापा, १२ राउन्ड हवाईफायर

रौतहट । रौतहट क्षेत्र–२ का निलम्बित सांसद महमद आफताब आलमको घरमा प्रहरीले बिहीबार मध्यराति खानतलासी गरेको छ । राजपुर बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले खानतलासी गरेको हो । 

बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचनाका आधारमा छापा मारिएको प्रहरीले जानकारी दिएको छ । खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरे पछि प्रहरीले हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सो क्रममा १२ राउण्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले खोजेको व्यक्ति महताब आलम भने फेला नपरेको बताइएको छ । राजपुर बमकाण्ड घटनाका आरोपीहरु मोहमद महताब आलम, मोहम्द मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साह लयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् ।

मध्य रातमा प्रहरीले गरेको खानतलाशीको स्थानीयले विरोध गरेका छन । रातिको समयमा ढोका फुटाएर गरिएको प्रहरी कारवाहीको स्थानियलाई त्रसित बनाएको भन्दै उनीहरुले यसको विरोध गरेका हुन । २०६४ चैत्र २७ गते राजपुर फरहदवामा भएको बमकाण्डका मुख्य आरोपी रौतहट क्षेत्र नम्बर २ का सासंद तथा पूर्व मन्त्री मोह्मद आफताब आलमलाइ २०७६ असोज २६ गते इद्रिस गेट अगाडि बाट प्रक्राउ गरेको थियो ।

आलमलाई बमबारुद बनाउने तथा विस्फोटन सम्बन्धी कसुर र घटनाका जीवीत घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा समेतको अभियोगमा जिल्ला अदालत रौतहटले २०७६ कार्तिक २९ मा पुर्पक्षको लागी कारागार चलान गरेको छ । उनी हाल उनी काठमाडौंको नख्खु कारागारमा छन् ।
 

प्रतिक्रिया दिनुहोस