aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दोस्रो कार्यकालका लागि मोदीको शपथ विहीवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० जेठ २०७६
दोस्रो कार्यकालका लागि मोदीको शपथ विहीवार
फाइल तस्वीर

भारत– आम निर्वाचनमा भारी बहुमतका साथ सत्तारुढ भारतीय जनता पार्टी भाजपा विजयी भएसँगै प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले दोश्रो कार्यकालका लागि आगामी विहीवार शपथ ग्रहण गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले बिहीबार बेलुकी ४ वा ५ बजे शपथ ग्रहण गर्नेछन् । नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री मोदीले आज शुक्रबार पार्टी पदाधिकारी तथा मन्त्रिपरिषद्का पदाधिकारीसँग भेटवार्ता गर्ने जनाइएको छ ।

शपथ ग्रहण अघि प्रधानमन्त्री मोदी आफ्नो गृहराज्य गुजरात जाने तथा गृहनगर गान्धीनगर पुगी आफ्नी आमासँग आशिर्वाद लिने भारतीय सञ्चारमाध्यमको भनाइ छ ।

हालै भएको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले  ३ सयको हाराहारीमा सिट जितिसकेको छ । यसअघि हिजो बिहीबार मोदीले आफ्ना मतदाता तथा जनतालाई आफूलाई जिताएकोमा धन्यवाद दिएका थिए ।

  •  

प्रतिक्रिया दिनुहोस