aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण

कपिलवस्तु । स्वास्थ्य मन्त्रालयले शुक्रबार पुष्टि गरेका कोरोना संक्रमित मध्ये दुइ जना कपिलवस्तुका पत्रकार रहेको खुलेको छ । कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये दुई जना पत्रकार हुन् । 

पत्रकार महासंघ कपिलवस्तुका अनुसार संक्रमित दुईजना मध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं ८ का २४ वर्षका पुरुष हुन् । जसमा एक जना स्थानीयस्तरबाट एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका थिए भने एकजना बाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् ।

संक्रमति सवैलाई कोरोना अस्पताल दाङ लैजाने तयारी गरिएको छ । कपिलवस्तुमा हालसम्म कुल ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस