aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । 

आज बिहान मन्त्रिपषिद्को बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बिहीबार सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस