aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

स्रोत नखुलेको नगद १० लाख सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
स्रोत नखुलेको नगद १० लाख सहित पक्राउ

रौतहट ।ईशनाथ नगरपालिका-९ दुर्गामन्दिरस्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिका-७ बस्ने २५ वर्षीय सुकुरुल्लाह अन्सारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट ना.५४ प २११६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस