aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरोना जित्नेको संख्या ७० पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
कोरोना जित्नेको संख्या ७० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ७० पुगेको छ । आज नेपालगन्जका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै कोरोना जित्नेको संख्या ७० पुगेको हो । 

आज निको हुनेमा नेपालगन्जका कूल संक्रमितमध्ये पहिलो कोरोना संक्रमित ६० वर्षीय वृद्धसहित २१ जना रहेका छन् । 

नेपालगन्जमा पहिलो पटक वैशाख १९ गते ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो भने कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा २३ वैशाखमा एकैसाथ २२ जनामा कोरोना पुष्टि भएको थियो।
 

प्रतिक्रिया दिनुहोस