
रूपन्देही । कोरोना भाइरसका कारण मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकको ३१ घण्टापछि शवको व्यावस्थापन गरिएको छ । बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शव शुक्रबार दिउँसो २ बजे नेपाली सेनाका बुटवलस्थित २२ नम्बर बाहिनीमा कार्यरत दुई जवानले उठाएका हुन् ।
संकट व्यवस्थापन केन्द्रको निर्णय, अनुरोध र आवश्यक तयारीपछि नेपाली सेनाको टिमले शव अस्पतालबाट निकाल्नेदेखि अन्तिम संस्कारका सबै काममा जिम्मेवारी अनुसारको भूमिका निर्वाह गरेको जनाइएको छ । संक्रमित व्यक्तिको शव देवदह नगरपालिका १० को जंगलमा हिन्दु संस्कार अनुसार व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस