aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

पाकिस्तानमा विमान दुर्घटना, ९८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
पाकिस्तानमा विमान दुर्घटना, ९८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा एक यात्रु विमान दुर्घटना हुँदा ९८ जनाको मृत्यु भएको छ । पाकिस्तानको लाहोर इन्टरनेशनल एअर लाइन्स (पीआइए)को विमान दुर्घटनामा परेको हो । पाकिस्तानका सञ्चार माध्यमहरुका अनुसार कराँची एअरपोर्ट नजिक रिहायशी क्षेत्रमा विमान खसेको जनाएका छन । 

पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गरेको विदेश सञ्चारमाध्यमले जनाएका छन् । ९८ जना यात्रीहरू बोकेको थियो। यो विमान लाहोरबाट कराँची जाँदै थियो र मालीरको मोडेल कालोनीको नजिक जिन्ना गार्डेन क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । 

 दुर्घटनाको एक भिडियो समेत सार्वजनिक भएको छ ।  जसमा धुँवाको मुस्लो दुर्घटना स्थलबाट उठेको देखिएको छ ।  प्रारम्भिक जानकारीका अनुसार विमानमा ९८ यात्रीहरू थिए ।  

प्रतिक्रिया दिनुहोस