aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नापी कार्यालयका २ जना एक लाख ५० हजार घुससहित अख्तियारकाे फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० जेठ २०७६
नापी कार्यालयका २ जना एक लाख ५० हजार घुससहित अख्तियारकाे फन्दामा

काठमाडौं–नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन् । 

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो । 

बिहीबार उक्त घुस रकम सहित बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले शुक्रबार जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस