
चीन । कोरोना भाइरस महामारीको कारण उत्पन्न भएको आर्थिक संकटबिच चीनले आफ्नो रक्षा बजेट बढाएको छ । सन् २०२० मा चीनले आफ्नो रक्षा बजेट सन् २०१९ को तुलनामा ६ दशमलव ६ प्रतिशतले बढाएको छ । यद्यपि गएको तीन दशकमा पहिलो पटक रक्षा क्षेत्रमा चीनको बजेट केहीले बढेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय बजेटमा रक्षा क्षेत्रमा खर्च गर्न १२ दशमलव ६८ खरब युआन (१७८ अर्ब डलर) छुट्याइएको छ ।
शुक्रबार चीनको वार्षिक संसदीय बैठकमा प्रधानमन्त्री ली केचियाङ्गले महामारीको कारण देश ुअनिश्चितताु को बीच फसेको र अर्थव्यवस्थाले नराम्रो समयको सामना गरिरहेको बताएका छन् । उनले अर्थव्यवस्थाको लागि सरकारी सहयोगको प्रतिबद्धता गरेका छन् आउने केही समयसम्म आर्थिक विकासको लक्ष्यको बारेमा केही भन्न नसकिने बताए ।
चीनले आर्थिक विकासमा कुनै लक्ष्य नदिएको यो पहिलो पटक हो । एक वर्षअघिको तुलनामा सन् २०२० को पहिलो तीन महिनामा चीनको अर्थव्यवस्था ६ दशमलव ८ प्रतिशतले घटेको छ ।
ली केचियाङ्गले देशको सेनामा सुधारको काम जारी रहने बताएका छन् । उनले भने, ‘हामी राष्ट्रिय सुरक्षा र सेनामा सुधारको काम जारी राख्नेछौँ । हामी आफ्नो बौद्धिक र उपकरण सपोर्ट क्षमता बढाउनेछौँ र रक्षासँग जोडिएका आधुनिक प्रविधि पनि अपनाउनेछौँ ।’ एजेन्सी
प्रतिक्रिया दिनुहोस