aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नयाँ नक्सा सहितको निशान छापका लागि संसदमा संशोधन प्रस्ताव दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
नयाँ नक्सा सहितको निशान छापका लागि संसदमा संशोधन प्रस्ताव दर्ता

काठमाडौं । नेपालको नयाँ निशान छापभित्र अंकित नक्सा परिवर्तनका लागि संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता भएको छ। मन्त्रीपरिषदबाट संशोधन प्रस्ताव पारित भएपछि  संघीय संसदमा दर्ता भएको हो।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको थियो।

 भूमि व्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बिहीबार नेपालको अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा सार्वजनिक गरेकी थिएन । नयाँ नक्सा सार्वजनिक भएपछि उक्त नयाँ नक्सा सहितको निशान छाप संशोधनका लागि शुक्रबार संघीय संसदमा प्रस्ताव दर्ता भएको छ ।  

प्रतिक्रिया दिनुहोस