aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नेपाल एयरलाइन्सको जहाज जापान उड्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
नेपाल एयरलाइन्सको जहाज जापान उड्यो

काठमाडौं । लकडाउन का कारण नेपालमा रोकिएका केही जापानी  तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । जम्मा २६८ यात्रुमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् । 

नेपालमा रहेको जापानी दूतावासका पहलमा निगमको वाइड बडी जहाजले चार्टर्ड उडान गरेको बताइएको छ । लकडाउनमा निगमको जापानमा यो तेस्रो पटकको चार्टर्ड उडान हो । सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रो पटक चार्टर्ड उडान गरेको थियो ।

गएको चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो । नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमको वाइड बडी जहाजले काठमाण्डौको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिसँग काठमाण्डौ–नारिता ९जापान० चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले नारितामा गत फागुन १९ गतेदेखि सीधा उडान सेवा शुरु गरेको थियो । कोभिड—१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाल स्थगन भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस