
काठमाडौं । नेपालमा पहिलो पटक जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पुष्टि गरेका संक्रमित मध्ये एक महिला भक्तपुरको वडा नम्बर ९ की वडा सदस्य रहेको खुलेको हो ।
उनी वडामा राहत वितरणलगायत वडाका अन्य कार्यमा सक्रिय रहेकी थिइन्। लकडाउनसँगै वडामा विपन्नको विवरण संकलनका लागि उनी घरघर पुग्ने गरेको बताइएको छ।
यसअघि नगरपालिकाले नै गरिएको आरडिटी परीक्षणमा उनीसँगै केही जनप्रतिनिधि र कर्मचारीहरुको नतिजा पोजिटिभ आएको थियो। त्यसपछि थ्रोट स्वाबको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणका लागि पठाएको थियो। पिसिआर परीक्षणमा ती जनप्रतिनिधि महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित महिलालाई राति नै पाटन अस्पताल लगिएको छ भने भक्तपुर नगरपालिकाको वडा नम्बर ९ लाई सिल गरेर संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको विवरण संकलन गर्ने कार्य भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस