aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अमेरिका-चीन व्यापार तनावले विश्वको आर्थिक गतिविधिलाई कमजोर बनाउछ:आइएमएफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० जेठ २०७६
अमेरिका-चीन व्यापार तनावले विश्वको आर्थिक गतिविधिलाई कमजोर बनाउछ:आइएमएफ

वासिङ्टन । अमेरिका-चीन व्यापार तनावले विश्वको आर्थिक गतिविधिलाई कमजोर बनाउने र उपभोक्ताका लागि मूल्य वृद्धि गर्ने हुँदा सन् २०१९ को अन्तर्राष्ट्रिय आर्थिक वृद्धि प्रभावित हुने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले बिहीबार बताएको छ ।

“व्यापार तनावका कारण अमेरिका र चीनका उपभोक्ताहरू त प्रभावित हुने छन्,” विश्व मुद्रा कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले एक ब्लग पोष्टमा भने । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कर वृद्धिको रकम तिरेकोको दावी गर्दै यसबाट अमेरिकी अर्थतन्त्र प्रभावित नहुने दावी गरेपनि गोपीनाथले ट्रम्पको दावी खण्डन गरे ।
अर्थशास्त्रीहरूले भनेका छन्, “यदि ट्रम्पले चीनबाट आयात गर्ने सामानमा थप (दण्डनीय) कर वृद्धि गर्ने हो भने यसबाट विश्वको कुल ग्राहस्थ उत्पादनलाई करिब एक तिहाई प्रतिशत अङ्क कममा भारिदिनेछ ।” रासस/एएफपी

प्रतिक्रिया दिनुहोस