aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

आज बिहान मात्रै २ सय २९ यात्रु काठमाडौं भित्रिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
आज बिहान मात्रै २ सय २९ यात्रु काठमाडौं भित्रिए

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य चार नाकासहित सबै नाका क्षेत्रमा कडाइ गरिएको छ । गृह मन्त्रालयले अत्यावश्यक काम नपरी आवतजावत नगर्न आग्रह गर्दै आएको छ । काठमाडौं उपत्यका आउनै परे आरडीटी विधिमार्फत स्वास्थ्य परीक्षण गरेको रिपोर्ट देखाउन भनेको छ ।

आज बिहान मात्रै  विभिन्न नाका भएर २ सय २९ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार पास भएका ७७ वटा गाडीबाट २२९ जना यात्रु बिहान भित्रिएका हुन् । 
 
पास नभएका १४ वटा गाडी र ३४ जना यात्रुलाई फर्काइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस