
काठमाडौं । थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
नयाँ थपिएका बैतडीका ४ जना पुरुष, झापाका १ जना पुरुष, बाँकेका २७ जना पुरुष, सुर्खेतका दुई जना महिला, १ जना पुरुष र बर्दियाका एक जना पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस