
एजेन्सी । अमेरिका र चीनबीचको व्यापार युद्ध महामारीका बेला पनि रोकिएन । कोरोना भाइरसलाई लिएर जारी आरोप पत्यारोपकाबीचमा अमेरिकाले चीनलाई झड्का दिने निर्णय गरेको छ । अमेरिकाले चिनियाँ ३३ वटा कम्पनी र अन्य संस्थाहरूलाई ब्ल्याकलिस्टमा राख्ने निर्णय गरेको छ ।
अन्र्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको एक रिर्पोटका अनुसार अमेरिकी वाणिज्य विभागले शुक्रबार ३३ चिनियाँ कम्पनी र अन्य संस्थाहरूलाई मानवअधिकार उल्लंघन र अमेरिकी राष्ट्रियका कारण कालोसूचीमा राखिएको उल्लेख गरेको छ ।
अमेरिकी वाणिज्य विभागका अनुसार चीनमा उच्च प्रविधिको निगरानी बढाएको, जबरजस्ती काम गराएको र मनमानी ढंगले मानिसलाई हिरासतमा राखेर मानवअधिकार उल्लंघनमा सहभागी भएका कारण चिनियाँ ९ वटा कम्पनी प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी सरकारले भनेको छ, '७ वटा व्यावसायिक संस्थामा चीनको हाइटेक सर्भेलेन्स लागू गर्न मद्दत गरिरहेछन् । साथै, चीनका २४ सरकारी र व्यावसायिक निकायहरूलाई कालोसूचीमा राखिएको छ ।'
उनीहरूले हतियार प्राप्त गर्न र चिनियाँ सेनाको आम विनाश सम्बन्धी अन्य गतिविधिहरूमा सहयोग पुर्याको आरोप लगाइएको छ । अमेरिकाले चीनको वुहान प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको हुन सक्ने आरोप लगाएको छ । चीनले यस्ता आरोपहरूको खण्डन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस