aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आइतबारको सार्वजनिक विदा रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
आइतबारको सार्वजनिक विदा रद्द

काठमाडाैं । सरकारले आइतबार (आज) मुस्लिमहरुको चाड ईद-उल-फित्रको अवसरमा सार्वजनिक विदा दिने गरेको निर्णय रद्द गरेकाे छ ।

मुस्लिम समुदायको पर्व इदुल फित्रको अवसरमा आज जेठ ११ गत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले सुचनामार्फत जानकारी दिए पनि नेपाल र दक्षिण एसियाभरीबाट गएराती कतै पनि चन्द्रमा नदेखिएकाले उक्त बिदा भोली (सोमबार) मनाउने र बिदा पनि भोली जेठ १२ गत दिने निर्णय गरेको गृह मन्त्रालयले जानएको छ ।

ईद उल-फित्र चन्द्रमाको अवलोकनका आधारमा मनाइने भएकाले शनिबार चन्द्रमा नदिखिएकाले आइतबारको विदा रद्द गर्न मुस्लिम आयोगले माग गरेको थियाे । 

साेही मागलाइ सम्बाेधन गर्दै सरकारले आइतबार गरिएकाे सार्वजनिक विदा साेमबारकाे लागि सारेकाे गृह मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस