aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री ओनिल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री ओनिल पक्राउ

पपुवा न्यूगिनी । पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी स्वदेश फर्किए लगत्तै पक्राउ गरिएको थियो । उनले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा बताएका छन ।

एटेले भने, “घटनामा उहाँले कार्यालय र अधिकारीलाई प्राप्त अधिकारको दुरूपयोग गरेको भन्ने तथ्यगत आधारहरू पेश भएका छन् । उनलाई छानविनका लागि पक्राउ गरिएको हो ।”

पक्राउपछि पूर्व प्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गर्नुभएको छ ।ओनिलमाथि प्रहरीले सोधपुछ गरिरहेको छ । उनलाई दुई हप्ता क्वारेन्टिनमा बस्न घर जानका लागि शनिबार नै रिहा गरिने बताए ।

लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहेका ओनिल आफ्नो कार्यकाल पूरा गरी सन् २०१९ मा पदबाट विदा दिनुभएको थियो । उनलाई न्युगिनीको राजनीतिमा प्रतिभावान प्रसिद्ध राजनितिज्ञका रूपमा हेर्ने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस