aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नयाँ बानेश्वर बस्ने प्रहरीमा कोरोना संक्रमण, तीन घर सिल गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
नयाँ बानेश्वर बस्ने प्रहरीमा कोरोना संक्रमण, तीन घर सिल गरियो

काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी बस्ने घरसहित काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका तीन घर सिल गरिएको छ ।
 
सङ्क्रमित प्रहरी नयाँ बानेश्वरमा रहेको भरोसा अस्पताल पछाडि बस्ने भएकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब संकलन गरिने भएको छ ।

ट्रेसिङ गर्न, स्वाब संकलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनु परेको उनले बताए । सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब संकलन गर्ने गरिएको जनाइएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न जारी लकडाउनका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस