
काठमाडौं । काठमाडौंको टोखामा आज विहान दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल र झोरबाट टोखातर्फ आउँदै गरेको बा ९१ प ११८८ को मोटरसाइकल टोखा नगरपालिका–२, पञ्चेटारमा ठोक्किएका हुन् ।
दुर्घटनामा पहिलो मोटरसाइकलका चालक अन्दाजी २२ वर्षका मनोज दुलाल र दोस्रो मोटरसाइकलका चालक २२ वर्ष जतिकै पासाङ तामाङको मृत्यु भएको हो । दुबै टोखाका बासिन्दा हुन् ।
दुर्घटनामा दुलालकी आमा मथुरा दुलाल गम्भिर घाइते भएकी छिन् । उनको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस