aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

एचआईभी एड्सको खोप विकास नहुनका ७ कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
एचआईभी एड्सको खोप विकास नहुनका ७ कारण

एजेन्सी । कोरोना भाइरसको संकट छाइरहेका बेलामा सबैजनाको मनमा खोप कहिले बन्छ भन्दै दिन गन्ति गरिरहेका छन् । जसले मात्र मानिसहरूलाई यस महामारीबाट बचाउनेछ ।  तर, विश्वभरीका वैज्ञानिकहरूले  भने कुनै महामारीको लागि खोप तयार गर्नु सजिलो काम होइन । 

 तीन दशक वित्न लाग्दासम्म एचआईभी एड्स संक्रमणको कुनै पनि खोप पत्ता लगाइएको छैन ।  तर खोप बनाउन सफल नभएपनि  एड्स धेरै हदसम्म रोकथामद्वारा नियन्त्रण गरिएको छ ।तर, एचआइभी एड्सको खोप किन बन्न सकेन भन्ने जिज्ञासा आम मानिसमा छदैछ । 

 सन् १९८४ मा पहिलो पटक एड्स देखापरेको थियो । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले उनीहरूले दुई वर्ष भित्र यो खोप तयार गर्ने बताएका थिए । तर, हालसम्मका सबै प्रयासहरु असफल हुँदा हुँदै पनि अझै खोप बनाउने योजना स्थागित गरिएको भने छैन । वैज्ञानिकहरुको निरन्तर प्रयासपछि पनि एचआईभीका भ्याक्सिन आजसम्म बन्न नसक्नुमा ७ वटा कारण देखिएका छन ।

१.मानव शरीरमा रहेको रोग प्रतिरोधात्मक प्रणालीले एचआईभी भाइरस विरुद्ध कुनै पनि प्रतिक्रिया गर्दैन । बिरामीको शरिरमा इम्युन एन्टिबडी उत्पादन गर्दछ, तर तिनीहरू रोगको गतिलाई मात्र कम गर्नसक्दछन ।  तिनीहरू यसलाई रोक्न भने सक्दैनन्।

२. एचआईभी लागी सकेपछि बिरामी निको हुने सम्भावन लगभग असम्भव छ । एचआईभी प्रति मानव रोग प्रतिरोधात्मक क्षमताको कुनै पनि असर नदेखिएकाले वैज्ञानिकहरूले खोपको विकास गर्न सकिरहेका छैनन । जसले मानव शरीरमा एन्टिबडी उत्पादनको नक्कल गर्न सक्दछन्।

३.मानव शरीरमा एचआईभी संक्रमणको लामो अवधि रहन्छ । यो लामो समयमा भाइरस मानव डीएनएमा लुकेर बसेको हुन्छ । यसैले भाइरस पत्ता लगाउन र यसलाई नष्ट गर्न शरीरलाई गाह्रो पर्ने छ । खोपको विकास गर्नलाई पनि यसको बारेमा विस्तृत जानकारी ढिला आउने भएकाले खोप विकासको सन्दर्भमा पनि अप्ठ्यारो हुन्छ । 

४. खोपा बनाउनका लागि धेरैजसो कमजोर वा ध्वस्त भएका भाइरस खोपहरू बनाउनमा प्रयोग हुन्छ ।  तर, एचआईभीले नष्ट भइसकेको शरीरमा रोग प्रतिरोध क्षमता राम्रोसँग उत्पादन गर्न असक्षम हुन्छ । जीवीत भाइरसको कुनै पनि रूपको उपयोग गर्न धेरै खतरनाक हुने हुनाले यसको जोखिम कसैले लिएका छैनन ।

५. प्राय जसो खोपले यस्ता भाइरसहरू विरुद्ध सुरक्षा गर्दछ जुन शरीरको श्वप्रस्वास र ग्यास्ट्रो( इन्टसटाइनल प्रणालीमा प्रवेश गर्दछन ।जबकि एचआईभी संक्रमण शरीरमा प्रजनन अंगको सतह वा रगतको माध्यमबाट फैलिन्छ । 

६. जनावरहरूमा परीक्षणपछि मात्र खोप मानवको लागि तयार गरिन्छ । तर, दुर्भाग्यवश एचआईभीको लागि एक प्ीन् जनावर नमूना छैन । जसको प्रयोगबाट मानिसका लागि एड्स खोप तयार पार्न सकियोस । 

७. एचआईभी भाइरस द्रुत रूपले आफ्नो स्वरुप परिवर्तन गर्छ कुनै पनि भाइरसलाई खोपबाट नियन्त्रण गर्न उसको एक विशेष प्रकारले मात्र लक्षित गरेर विकास गरिएको हुन्छ ।  खोपको प्रभाव भाइरस परिवर्तन भएपछि काम गर्न छाड्छ । यी सबै कारणहले गर्दा हुनसक्छ एचआईभी एड्सको खोप आजसम्म तयार हुन सकेन । 

प्रतिक्रिया दिनुहोस