aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

संघीय सांसदको लोगो परिवर्तन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
संघीय सांसदको लोगो परिवर्तन गरिने

काठमाडौं । संघीय सांसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले   सरकारले जारी गरेको नयाँ नक्साअनुसार लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो ।

संघीय संसदका दुवै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस