
काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा ठूलो परिमाणमा नक्कली भारतीय नोटसहित ६ जना पक्राउ परेको खबर छ । प्राप्त जानकारीअनुसार कतार एयरवेजबाट भारु नोट भित्र्याउने ३ पाकिस्तानी र नोट लिन आउने ३ नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेसनल टेलिभिजनका सञ्चालक युनुस अन्सारीसमेत रहेका छन् । यसअघि पनि नक्कली भारु नोट लागूऔषध काण्डमा पक्राउ परि जेल परेका अन्सारीले जेलबाट छुटेपछि फेरि सोही धन्दामा लागेको बताइएको छ । पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस