
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता पठाएका छन्। जिल्ला प्रहरी कार्यालयका लागि भनेर आफ्नो सुरक्षामा खटिएका प्रहरी मुख्यमन्त्री शाहीले फिर्ता गरेका हुन्।
मुख्यमन्त्री सचिवालयका अनुसार कोरोना भाइरस (कोभिड १९) को महामारीका बेला सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नो सुरक्षामा खटिइएका प्रहरीलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएको छ।
मुख्यमन्त्रीको सुरक्षामा एक/एकजना सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस