aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

क्वरेन्टीनमै रक्सी पुर्‍याउनेलाई पाँच हजार जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
क्वरेन्टीनमै रक्सी पुर्‍याउनेलाई पाँच हजार जरिवाना

चितवन । क्वरेन्टीनमा बसेका आफन्तलाई घरेलु रक्सी पुर्‍याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको छ ।राप्ती नगरपालिका ३ का २५ वर्षीय कुमार थपलियालाई जरिबाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए । 

उनका अनुसार बुद्धशान्ति माविमा रहेको क्वरेन्टीनमा रहेका आफन्तलाई घरेलु रक्सी पुर्‍याउने जाने क्रममा थपलियालाई गएको जेठ ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ । रासस 

प्रतिक्रिया दिनुहोस