
काठमाडौं । थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण पुष्टि गरेको हुन् ।
योसंगै संक्रमितको संख्या ६०३ पुगेको छ भने ८७ जना निको भएर फर्किएका छन् ।
नयाँ संक्रमित पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुका रहेका छन् । त्यस्तै, गुल्मीको मदानेका पनि एकजना संक्रमित भेटिएका छन्।
पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोट भएको छ। ककनी गाउँपालिका ३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ।
प्रतिक्रिया दिनुहोस