aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नरैनापुरमा सेना परिचालन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
नरैनापुरमा सेना परिचालन गरिने

काठमाडौं । कोरोना अति प्रभावित बाँकेको नरैनापुरमा नेपाली सेना परिचालन गरिने भएको छ । बाँके जिल्ला सुरक्षा समितिको आजको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार अब नरैनापुरा नेपाली सेनाले कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्नेछ ।

सेनाले नरैनापुरका क्वारेन्टिन, शिल गरिएको क्षेत्रलाई अनुुगमन, लकडाउन प्रभावित बनाउन, शान्ति सुरक्षा र स्वास्थ्यकर्मीलाई सहज बनाउन सेनाले भूमिका खेल्ने जनाइएको छ । पछिल्लो समय कोरोना संक्रमितलाई आईसोलेसनमा लैजानेक्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकले नरैनापुरमा विशेषज्ञ चिकित्सक सहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय पनि गरेको छ । कोरोना संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र कायम गरिएको छ ।यसअघि गाउँपालिकाले कोरोना संक्रमणको स्थिति नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएको भन्दै चिकित्सक टोलीसहित सुरक्षाकर्मीको संख्या बढाउन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस