
बारा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पुष्टि गरेको कोरोना संक्रमित मध्ये ४ जना बाराका प्रहरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव निरीक्षकसहित चार जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित प्रहरी कलैया उपमहानगरपालिका–१६ का ३४ वर्षीय हवल्दार, सर्लाहीको हरपुर घर भएका ४९ वर्षीय प्रहरी नायव निरीक्षक, रौतहट यमुनामाई–४ सरुआठा घर भएका ३२ वर्षीय जवान, वीरगन्ज महानगरपालिका लक्ष्मणवा घर भएका ३४ वर्षीय प्रहरी जवान रहेको छन् ।
यसअघि जेठ ३ मा मुद्दा फाँटका एक २९ वर्षीय प्रहरी जवान संक्रमित भएको पुष्टि भएपछि त्यसको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा सम्पर्कमा आएका ५० जनाको स्वाब संकलनपछि परीक्षण गर्दा यी चारै जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस