aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भारतमा आजदेखि हवाई सेवा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
भारतमा आजदेखि हवाई सेवा शुरु

एजेन्सी । आजदेखि भारतका एयरलाइन पुनः सञ्चालनमा आउने भएको छन । करिब २ महिनापछि भारतमा अन्तरिक हवाई सेवा सुचारु हुने भएको छ ।  यसैबीच, महाराष्ट्र सरकारका मन्त्री नवाब मलिकले २५ यात्री उडानलाई सोमबारदेखि महाराष्ट्रमा मुम्बई जाने र आउने छन । यसको संख्या बिस्तारै बढाइनेछ । महाराष्ट्रका अन्य एयरपोर्टहरू ५० प्रतिशत उडान कार्यबाट सुरू हुनेछ।

पश्चिम बंगालदेखि २८ मेबाट हवाई सेवा शुरु हुँदै छ । तामिलनाडूले पनि थोरै विमानबाट सेवा शुरु गर्ने जनाएको छ । त्यस्तै जयपुर एयरपोर्टबाट पनि दिल्लीको हवाई सेवा मे २५ देखि शुरु गर्नेछ । सोमबार २० वटा प्लाइट रहेका छन् । त्यस्तै उत्तरप्रदेशबाट पनि ३६ हवाई सेवा शुरु हुँदैछन् । सोमबार उत्तरप्रदेशबाट पहिलो उडान कलकत्ता हुँदैछ । 

भारतका अधिकांश शहरको हवाई सेवा शुरु गर्ने सरकारी निर्णयसँगै भारतको जनजीवन सामान्य हुँदै छ । हवाई यात्रा र विमान स्थलको सामाजिक दुरी र विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य नियमहरु पालना गर्दै हवाई सेवा शुरु हुनेछन् । 

प्रतिक्रिया दिनुहोस