aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

वीरगञ्जमा दाहसंस्कार गरिसकेका व्यक्तिमा कोरोना पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
वीरगञ्जमा दाहसंस्कार गरिसकेका व्यक्तिमा कोरोना पोजेटिभ

काठमाडौं ।  वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई दाहसंस्कार गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका एक चिकित्सकका अनुसार उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो । अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । 

स्वास्थ्य मन्त्रालयले भने वृद्धको मृत्युबारे केही जानकारी दिएको छैन ।


 

प्रतिक्रिया दिनुहोस