aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

पूर्वमन्त्री गोकर्ण बिष्टले पठाए भारतमा अलपत्र नेपालीलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
पूर्वमन्त्री गोकर्ण बिष्टले पठाए भारतमा अलपत्र नेपालीलाई सहयोग

काठमाडौं । भारतमा अलपत्र परेका नेपालीलाई पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले सहयोग पठाएका छन् । विष्टले पठाएको आर्थिक सहयोगबाट द बर्नईन नेपाल युथ क्लब, दिल्लीको संयोजनमा भारतका अलग अलग राज्यहरु दिल्ली, उत्तरप्रदेश, महाराष्ट्र, राजस्थान लगायतका स्थानमा बसोबास गर्ने अलपत्र परेका निम्न वर्गीय नेपाली मजदुर वर्गका परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु अहिले वितरण गरिएको हो ।  

कोरोना महामारीसँगै जारी लकडाउनका कारण भारतका  विभिन्न ठाउँमा रहेका नेपालीहरुको समस्या बढ्दो छ । कतिपय नेपाली कष्टपूर्ण यात्रा गर्दै सीमासम्म आइपुगेका छन् भने अत्यधिक नेपालीको दैनिकी झन झन कष्टपूर्ण बन्दै गएको छ । नेपालीहरुको समस्याबारे जानकारी पाएपछी  सांसद बिष्टले सम्पर्क गरि चासो व्यक्त गरेको र गत साता नै आर्थिक सहयोग पठाएको क्लबले जनाएको छ ।

क्लबले आइतबार एक पत्र सार्वजनिक गरेर प्रवासी नेपालीको समस्यालाई महत्व दिएर संसदमा उठान गरिदिएकोमा र आर्थिक सहयोग समेत गरेकोमा पूर्वमन्त्री विष्टप्रति आभारसमेत व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस