aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

त्रिवि शिक्षण अस्पतालमा पनि पीसीआर ल्याब, देशभर १७ वटा ल्याब सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
त्रिवि शिक्षण अस्पतालमा पनि पीसीआर ल्याब, देशभर १७ वटा ल्याब सञ्चालनमा

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ ।  शिक्षण अस्पतालमा सोमबार कोरोना संक्रमित भए नभएको छुट्याउनका लागि पीसीआर ल्याब स्थापना गरिएको हो । 

त्रिविसँग तीन वटा पीसीआर मेसिन रहेका छन् । त्रिविले देशभरि रहेका आफ्ना भौतिक संरचनाहरु आवश्यक परे प्रयोग गर्न पनि ३ वटै तहका सरकारसँग आग्रह गरेको छ ।

योसँगै देशभरि पीसीआर परीक्षणका लागि १७ वटा ल्याबहरु सञ्चालनमा आएका छन् । संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस