aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

कोरोना संक्रमित बढि हुने देशहरुमध्ये भारत १० औं स्थानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
कोरोना संक्रमित बढि हुने देशहरुमध्ये भारत १० औं स्थानमा

भारत । कोरोना संक्रमित बढी हुने देशमध्ये भारत १० स्थानमा परेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले हालै सार्वजनिक गरेको तथ्यांकमा भारतले संक्रमितको संख्यामा इरानलाई पछि छोड्दै १० औं स्थानमा रहेको हो ।

भारतमा हालसम्म ४ हजार ३९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३९ हजार ९ सय बढी पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५७ हजार ९७६ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस