aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको हो । 

जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका ७ का ७० वर्षीया वृद्धमा मृत्यु भएको ८ दिन पछि कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। मृतक वृद्धको जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । 

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए। तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो। अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस