aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

वैशाख र जेठ महिनाको सामाजिक सुरक्षाको रकम सरकारले तिरिदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
वैशाख र जेठ महिनाको सामाजिक सुरक्षाको रकम सरकारले तिरिदिने


काठमाडौं । समाजिक सुरक्षा कोषको रकम सरकारले तिरिदिने भएको छ । सरकारले लकडाउन अवधिभरको रकम तिरिदिने प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै बताएका हुन् । उनले भर्खरै सम्बोधनका क्रममा सामाजिक सुरक्षा कोषमा जम्मा हुने (योगदान) रकम सरकारले नै तिरिदिने घोषणा गरेका हुन् ।

यस अघि पनि सरकारले आफैले चैत महिनाको सामाजिक सुरक्षा कोषको रकम आफैं तिरिदिएको थियो । प्रमको घोषणासँगै अब वैशाख र जेष्ठ महिनाको रकम पनि सरकारले नै तिरिदिने भएको छ  । उक्त कोषमा कामदारका तर्फबाट १० प्रतिशत र रोजगारदाताका तर्फबाट २० प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । हालसम्म कोषमा एक लाख ५९ हजार श्रमिक दर्ता भएका छन् भने ४१ हजारले योगदान रकम जम्मा गरिरहेका छन् । कोषमा एक अर्ब ५ करोड रुपैयाँ जम्मा भैसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस