काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रबासीको नाममा सम्बोधन गर्दै कोभिड–को महामारीसँग लड्दै निरोगी नेपाल निर्माणका लािग आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाएर सेवन गर्न पहिलो उपाय सुझाएका छन् ।
लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र श्वास प्रश्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ उनले दोस्रो उपाय बताएका हुन् । भाइरस फोहरमा रमाउँने बताउँदै आफ्नो शरीर र बासस्थान दुबै सरसफाईमा एकदमै ध्यान दिन तेस्रो उपाय सुझाएका छन् । स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिन पनि उनले आम नागरिकलाई सतर्कता गराएका छन् ।
भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर बनाउने बताउँदै उनले उच्च मनोबल कायम राखौं भनेका छन् ।
सरकारले यसलाई ‘निरोगी नेपाल निर्माण अभियान’ भनेको छ, ‘निरोगी नेपाल निर्माणलाई मूल स्वास्थ्य नीति बनाएको छ । प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस