काठमाडौं । संघीय प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । उक्त वस्तुबाट उठ्ने राजस्व स्वास्थ्य क्षेत्रमा खर्च गर्न पनि समितिले सुझाएको समितिको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । समितिले मदन भण्डारी विश्वविद्यालय विधेयक, केही शिक्षा सम्बन्धी संशोधन गर्न बनेको विधेयकलगायत चार विधेयक पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस