aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 
कोराना

थप ७ जनामा कोराना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८९ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
थप ७ जनामा कोराना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८९ पुग्यो

काठमाडौं । थप ७ जनामा कोराना संक्रमण पुष्टि भएको छ । ७ जना थपिएसँगै सोमबार ८६ जना संक्रमितहरु थपिएका छन् । 

थप हुनेमा अर्घखाँचीमा २ जना, गुल्मीमामा २ जना, कपिलबस्तुमा २ जना र रुपन्देहीमा १ जना गरि सात जना कोरोनाभाइरस संक्रमितहरु थपिएको प्रदेश ५ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका निर्देशक डाक्टर राजेन्द्र गिरीका अनुसार प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएका ७ जना नै पुरुष हुन् ।

उनीहरु १९ देखि ५० वर्ष उमेर भित्रका रहेका छन् । काँस्की र गुल्मीमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

थप सात जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८९ जना पुगेको छ । भने बिरगञ्जका एकै परिवारका १५ जनासहित ११२ जना निको भएर घर फर्किएका छन् ।  

प्रतिक्रिया दिनुहोस