aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री

नयाँ दिल्ली । दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री सेल्सीयस पुग्यो । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ । 

भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार भारतमा पछिल्लो हप्ता तामक्रममा अत्यधिक बृद्धि हुदै आएको छ । सोमबार दिल्लीको तापक्रम ४५ डिग्रीसम्म पुगेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक गर्मीका कारण मानिसहरुले पानी धेरै पिउन थालेको, सितलता खोज्न थालेको, रुखको छहारीमा बस्ने गरेको पाइएको छ । त्यसैगरी जनावर तथा चराजुरुङ्गीले पनि गर्मी कम गर्नका लागि पानी र सितल खोज्ने गरेको अधिकारीहरुले बताएका छन् ।

मौसम विज्ञान विभागले आगामी चार दिन पनि यस्तै गर्मी कायमै रहने र तापक्रम थप बढ्नसक्ने अनुमान गरेको छ । विभागका अधिकारीहरुले आगामी केही दिन तापक्रम ४५ देखि ४६ डिग्री सेल्सीयससम्म पुग्नसक्ने बताएका हुन् ।   

प्रतिक्रिया दिनुहोस