aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

टिपरको ठक्करबाट भक्तपुरमा सईको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
टिपरको ठक्करबाट भक्तपुरमा सईको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका सईको मृत्यु भएको छ ।

सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएकाे छ । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हाे ।

दाङको रामपुर घर भएका उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए ।

प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ । चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीको दावी छ ।

प्रतिक्रिया दिनुहोस