
चीनले भारतमा रहेका आफ्ना नागरिक फर्काउने भएको छ । चीनले भारतमा रहेका विद्यार्थी, पर्यटक, व्यापारीसहित समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको हो ।
भारतस्थित चिनियाँ दूतवासले एक सूचना प्रकाशित गरी स्वदेश फर्किन चाहनेलाई विशेष विमानको टिकट सुनिश्चित गर्न आग्रह गरेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको दशौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेपछि चीनले आफ्ना नागरिक फर्काउन लागेको हो । उक्त सूचनामा पछिल्लो १४ दिनमा ज्वरो तथा खोकीको लक्षण भएका बिरामीलाई भने विशेष विमानमा स्थान नपाउने प्रष्ट्याइएको छ ।
यसअघि भारतले चीनबाट आफ्ना ७०० नागरिकलाई गत फेब्रुअरी महिनामा बढ्दो सङ्क्रमणका बीच स्वदेश फर्काएको थियो । चिनियाँ नागरिकलाई स्वदेश फर्काउन भारतको विदेश मन्त्रालय, विभाग तथा चिनियाँ कूटनीतिक नियोगले आवश्यक पहल गर्ने भारतिय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस