aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

कोरोना भाइरसविरुद्ध लड्न प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको  परीक्षणमा रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
कोरोना भाइरसविरुद्ध लड्न प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको  परीक्षणमा रोक

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध उपयोगी मानेर प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको क्लिनिकल परीक्षणमा रोक लगाएको  छ । भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार गत् साता सार्वजनिक गरिएको एक अध्ययनले हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुनसक्ने देखाएको थियो । लगत्तै विश्व स्वास्थ्य सङ्गठनले तत्कालका लागि उक्त औषधिको प्रयोगशाला परीक्षण बन्द गर्ने निर्णयमा पुगेको हो ।

विश्व स्वास्थ्य संगठनले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रमुख टेड्रस अदनोम गेब्रेससले औषधि प्रयोगको सुरक्षाबारे पुनरावलोकनपछि प्रयोगशाला परीक्षण बन्द गर्ने निर्णयमा पुगेको जानकारी दिए । यसअघि उक्त औषधि अमेरिकासहित कतिपय राष्ट्रमा कोभिड–१९ विरुद्ध प्रयोगमा ल्याइएको थियो । मलेरिया रोग विरुद्ध चलाइने उक्त औषधि भारतले विश्वभरि निर्यात गर्दै आएको छ ।

हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोभिड १९ बिरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओको त्यस्तो भनाइ आएको हो।

प्रतिक्रिया दिनुहोस