aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
चालु आव

आज आर्थिक सर्वेक्षण, आर्थिक वृद्धिदर २.३ प्रतिशतभन्दा कम हुन सक्ने अनुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
आज आर्थिक सर्वेक्षण, आर्थिक वृद्धिदर २.३ प्रतिशतभन्दा कम हुन सक्ने अनुमान

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण आज मंगलबार सार्वजनिक गर्दैछ । कोभिड–१९ का कारण लथालिङ्ग बनेको अर्थतन्त्रमा आर्थिक सर्वेक्षणमा कस्तो रिपोर्ट आउला भनेर सबैले आँकलन गरेकै कुरा हो । चालु आर्थिक वर्षको ८ महिनासम्म ठिकै अवस्थामा अर्थतन्त्र रहेपनि कोभिडको महामारी पछि अर्थतन्त्र नै नेगेटिम रुपमा देखिने अवस्था पुगेको छ ।

यद्यपि केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र बढेर ३७ खर्ब ६७ अर्ब पुग्ने अनुमान सहितको तथ्यांक सार्वजनिक गरिसकेको छ । नेपालको अर्थतन्त्रको आकार त्यति पुगेपनि आर्थिक वृद्धि भने २.२७ प्रतिशत रहने प्रक्षेपण विभागले गरेको छ । आज अर्थमन्त्रीले संघीय सरकारको दुबै सदनमा पनि यहि वृद्धिलाई निरन्तरता दिएर आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछन् ।

कोरोनाको असरको पूर्ण मूल्यांकन नै हुन नपाइ आकलन गरिएको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा झर्यो । यदि कोभिड–१९ को असरपछि अनुमान गर्न पाएको भए मुलुकको यथार्थ चित्रण आउने थियो होला । यदि कोभिड–१९ को असरपछि अनुमान गर्न पाएको भए मुलुकको यथार्थ चित्रण आउने थियो होला । यदपि अर्थमन्त्रीले भने आज संघीय संसदको दुबै सदमा २.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान प्रक्षेपण गरेका  छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएसएफ) तथा केन्द्रीय तथ्यांक विभागले पनि पछिल्लो समय नेपालले सो आर्थिक वृद्धिदर पनि प्राप्त गर्न नसक्ने आँकलन गरेका छन् । केन्द्रीय तथ्यांकले पछिल्लो समय १ प्रतिशतको हाराहारीमा नेपालको आर्थिक वृद्धिदर झर्न सक्ने अनुमान गरेको छ भने आईएसएफले  नकारात्मक आर्थिक वृद्धिदर हुन सक्ने अनुमान गरेको छ ।

विश्वभरी महामारीका रुपमा रहेको कोभिड–१९ को असर न्यून गर्नका लागि अवलम्बन गरिएका अन्तरिक तथा बाह्य प्रयासहरुको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिने विभागले जनाएको छ ।   कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् क्षेत्रको २८।२ प्रतिशत योगदान गरेको प्रारम्भिक अनुमान गरेको छ। त्यस्तै, निर्माण, उद्योग र विद्युत, ग्यसा तथा पानी क्षेत्रको योगदान १३र७२ प्रतिशत छ।

 

 

 

प्रतिक्रिया दिनुहोस