aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

फेरि थपिए २२ कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
फेरि थपिए २२ कोरोना संक्रमित

रौतहट । रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार रौतहटको गौरका ७ जना, देवाही गोनाहीका ३ जना, राजदेवीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने ११ जनाको भने ठेगाना खुलेको छैन ।

संक्रमण पुष्टि भएकामा तीन जना बालबालिका समेत छन् । भारतबाट आएका उनीहरु सबै जना हाल क्वारेन्टाइनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस